सुनको मूल्य घट्दो क्रममा «

सुनको मूल्य घट्दो क्रममा

नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दो क्रममा छ । गत बुधबार ७ सय रुपैंयाले घटेको छापावाल सुनको मूल्य बिहिबार पनि ७ सय रुपैंयाले नै घटेर ९१ हजार ८ सय रुपैंयामा झरेको हो । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ७ सय रुपैंयाले घटेर ९१ हजार ३ सय रुपैंया कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीमा भने आज १० रुपैंयाले बढेर १२ सय ७० कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्