होण्डाको ‘होण्डा नेपाल ड्रिम कप’ «

होण्डाको ‘होण्डा नेपाल ड्रिम कप’

नेपालमा पहिलो पटक होण्डाले ‘होण्डा नेपाल ड्रिम कप’ रेसिङ च्याम्पियनशिप आयोजना गरेको छ । रेसिङका लागि उत्साहित होण्डा राईडरहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त च्याम्पियनशिपमा ३० जना प्रतियोगीहरुको सहभागिता रहेको थियो ।
पुस दोस्रो साता ग्वार्को अवस्थित होण्डाको सेफ्टी राईडिङ सेन्टरमा सम्पन्न उक्त च्याम्पियनशिप सीबीआर २५० आर र १४९ र १६५ सीसी गरी २ विभिन्न भागमा विभाजित गरिएको थियो । उक्त च्याम्पियनशिपमा सीबीआर २५० आर अन्तर्गत पहिलो हुने विजेताले नगद ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार प्राप्त गरेका थिए । त्यसैगरी १४९–१६५ सीसी अन्तर्गत पहिलो हुने विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए । यसका साथै सहभागी दुई विजेताहरुले अगामी होण्डा इण्डिया ड्रिम कपमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्