असारमै २ अर्ब ५३ करोड ९३ लाख खर्च «

असारमै २ अर्ब ५३ करोड ९३ लाख खर्च

दाङ-आर्थिक वर्ष २०७७-०७८ को अन्तिम महिना असारमा नै जिल्लामा विकास बजेट २ अर्ब ५३ करोड ९३ लाख ७१ हजार ६ सय ७८ रुपैयाँँ खर्च भएको छ । यो खर्च संघीय सरकार तथा प्रदेश सरकारबाट आएको विकास बजेटको खर्च हो ।
जिल्लामा संघीय सरकार तथा प्रदेश सरकारबाट विकास बजेट ८ अर्ब १९ करोड ५० लाख ८५ हजार १ सय ८४ रुपैयाँँ आएको थियो । जसमा संघीय सरकारबाट ४ अर्ब ९६ करोड १३ लाख ८४ हजार १ सय ८४ रुपैयाँ र प्रदेश सरकारबाट ३ अर्ब २३ करोड ३७ लाख १ हजार बजेट आएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका कोष नियन्त्रक तथा सूचना अधिकारी अर्जुनकुमार डीसीले जानकारी दिए ।
आर्थिक वर्ष २०७७-०७८ मा जिल्लामा संघीय सरकारबाट १३ अर्ब ७५ करोड ३८ लाख ८० हजार ९ सय ६५ रुपैयाँ बजेट आएको थियो । जसमध्ये १२ अर्ब २० करोड ४५ लाख ४५ हजार २ सय ५ रुपैयाँ खर्च भएको छ । जुन ८८.७६ प्रतिशत रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी डीसीले बताए ।
संघीय सरकारबाट चालुतर्फ ८ अर्ब ७९ करोड २४ लाख ९६ हजार ७ सय ८१ रुपैयाँ आएकोमा ८ अर्ब ५५ करोड १० लाख १३ हजार ८ सय ५५ रुपैयाँ खर्च भएको छ । जुन खर्च ९७.२५ प्रतिशत खर्च हो । पुँजीगततर्फ ४ अर्ब ९६ करोड १३ लाख ८४ हजार १ सय ८४ रुपैयाँ बजेट आएको थियो भने खर्च ३ अर्ब ६५ करोड ३५ लाख ३१ हजार ३ सय ४९ रुपैयाँ खर्च भएको छ । जुन खर्च ७३ प्रतिशत रहेको छ ।
संघीय सरकारले स्थानीय तहलाई पठाउने रकम चालु शिर्षक अन्र्तगत जाने भएकाले चालु शिर्षकतर्फको रकम बढी देखिएको डीसी बताउँछन् । स्थानीय तहले उक्त रकम चालु तथा पुँजीगतमा लगाउने गरेका छन् ।
संघीय सरकारबाट चालु शिर्षक अन्र्तगत जिल्लाका १० वटा स्थानीय तहलाई ५ अर्ब ५ करोड ६३ लाख २१ हजार ३ सय ६७ रुपैयाँ बजेट गएको सूचना अधिकारी डीसी बताउँछन् । जिल्लामा २ वटा उप–महानगरपालिका १ नगरपालिका र ७ वटा गाउँपालिका छन् ।
जिल्लामा प्रदेश सरकारबाट ४ अर्ब ८० करोड ९० लाख ८४ हजार बजेट आएको थियो । जसमा ४ अर्ब ५१ करोड २१ लाख ५७ हजार ८ सय ८५ रुपैयाँ खर्च भएको छ । जुन खर्च ९३.८३ प्रतिशत रहेको छ । प्रदेश सरकारबाट चालुतर्फ १ अर्ब ५७ करोड ५३ लाख ८३ हजार बजेट आएकोमा १ अर्ब ४१ करोड ८३ लाख २६ हजार ७ सय ४४ रुपैयाँ खर्च भएको छ । जुन खर्च ९० प्रतिशत रहेको छ ।
पुँजीगततर्फ ३ अर्ब २३ करोड ३७ लाख १ हजार बजेट आएकोमा ३ अर्ब ९ करोड ३८ लाख ३१ हजार १ सय ४१ रुपैयाँ खर्च भएको छ । जुन खर्च ९५.६७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्