सैनिक प्रवक्तामा ढकाल «

सैनिक प्रवक्तामा ढकाल

नेपाली सेनाको प्रवक्तामा सहायक रथी यमप्रसाद ढकाल तोकिएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतना मूख्यालय इटहरीमा कार्यरत ढकाललाई मंगलबारदेखि लागू हुने गरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशक समेत रहेका प्रवक्ता गोकुल भण्डारी सैनिक प्रशिक्षण प्रतिष्ठान खरिपाटी सरुवा भएपछि रिक्त स्थानमा ढकाललाई सरुवा गरिएको हो । भण्डारीलाई गतवर्ष पुसमा प्रवक्ताको जिम्मेवारी दिइएको थियो । मंगलबार नै भण्डारीले प्रवक्ताको जिम्मेवारी ढकाललाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्