कोभिडविरुद्धको अभियानमा सहकार्य गर्न प्रधानमन्त्रीको आग्रह «

कोभिडविरुद्धको अभियानमा सहकार्य गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको अभियानमा सहकार्य गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभामा बोल्दै प्रधानमन्त्री देउवाले कोभिड नियन्त्रण गर्नु सरकारको कर्तव्य भएको तर त्यसमा निजी क्षेत्रबाट पनि साथ भएमा छिटो कोभिडमुक्त देश बनाउन सकिने बताएका हुन् । देउवाले मुलुकको पहिलो आवश्यकता जीवनको सुरक्षा भएकोले सरकारले आफ्ना सबै प्रयासलाई कोरोना महामारी न्यूनीकरण र त्यस विरुद्धको खोपको उपलब्धतातर्फ केन्द्रित गरेको बताएका छन् ।
उक्त अवसरमा अर्थमन्त्री जनार्दन शर्माले सरकारले छ्ट्टिै आर्थिक पुनरुत्थान प्याकेज ल्याउने बताए । शर्माले निजी क्षेत्रको सुझाव समेटर आर्थिक पुनरुत्थान प्याकेज ल्याइने जानकारी दिए । सरकारको पहिलो प्राथमिकता सबै नागरिकमा खोप पु-याउनु रहेको बताउँदै उनले सबै नागरिकमा खोप पुगेपछि अर्थतन्त्रलाई अगाडि बढाउन सहज हुने बताए । व्यापार घाटा कम गर्नका लागि औद्योगिकरण नै पहिलो शर्त रहेको बताउँदै उनले वार्षिक २ खर्बभन्दा बढीको कृषि आयातलाई प्रतिस्थापन गर्नु प्रमुख चुनौती रहेको धारणा राखे । यसका लागि परिसंघको मेक इन नेपालले आयात प्रतिस्थापन गरी आन्तरिक रोजगारी वृद्धि हुने आशा गरेको उनले बताए । मेक इन नेपाल देशमा रोजगारी तथा आर्थिक समृद्धि हासिल गर्न महत्वपूर्ण हुने उनको भनाइ थियो । स्वदेशी सामान उपभोग गरी आयात प्रतिस्थापन गर्ने लक्ष्यका साथ परिसंघले मेक इन नेपाल अभियान अगाडि सारेको छ ।

मेक इन नेपाल अभियानको लक्ष्य
नेपाल उद्योग परिसंघले अगाडि सारेको मेक इन नेपाल अभियानबाट वार्षिक डेढ लाख नयाँ रोजगारी सिर्जना हुने प्रक्षेपण गरेको छ । औद्योगिक विकासका लागि उद्योग विभागमा वार्षिक १ हजार उद्योग दर्ता गर्ने, आउँदो ५ वर्षमा निर्यात ४.६ अर्ब डलर पु¥याउने, तथा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सन् २०२५ सम्म २२ र सन् २०३० सम्म २५ प्रतिशत योगदान दिने उद्देश्य सहित अभियान अगाडि बढेको परिसंघको भनाइ छ ।
नेपाली वस्तु र सेवाको उत्पादन वृद्धि, प्रवद्र्धन र उपभोग वृद्धि गरी विश्व बजारमा निर्यात गर्न यो अभियानको सुरुवात गरिएको भन्दै परिसंघले अभियानको मुख्य उद्देश्य नेपाली उत्पादन वृद्धि गरी आत्मनिर्भर तर्फ अगाडि बढाउन अर्थतन्त्र निर्माण गर्न सहयोग गर्नु रहेको पनि बताएको छ ।
उद्घाटन समारोहमा बोल्दै परिसंघका अध्यक्ष शतिषकुमार मोरले सरकार, उद्योगी–व्यवसायी र सर्वसाधारण उपभोक्ताहरूले नेपालमा उत्पादन हुने वस्तुहरूको उपभोगमा जोड दिए मात्र मुलुकको व्यापार घाटा कम गर्न सकिने उल्लेख गरे । नेपाली उत्पादनको गुणस्तर, परिमाण र मूल्य प्रतिस्पर्धी नभईकन यस अभियानले सार्थकता पाउन नसक्ने भएकाले वस्तु र सेवाको गुणस्तर वृद्धि गर्नु आवश्यक रहेको उनले बताए । यस्तै, बजारको माग र निर्यात सम्भाव्यता समेत हेरी उत्पादन वृद्धि गर्नु र उत्पादन लागत कम गरी मूल्य प्रतिस्पर्धी वस्तु र सेवाको उत्पादन र प्रवद्र्धन गर्नु आवश्यक हुने परिसंघको ठहर छ । नेपाली वस्तु र सेवालाई विश्वव्यापी बनाउने र यसको स्वदेशी उपभोग वृद्धि गर्ने गरी अघि सारिएको यो अभियानलाई सफल बनाउन सरकार र निजी क्षेत्र समन्वयात्मक रूपमा अघि बढ्नुपर्ने आवश्यकता रहेको मोरले बताए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका संस्थापक अध्यक्ष विनोद चौधरीले सरकारले कोरोनाको खोपको प्रबन्ध गरी नेपाललाई दक्षिण एसियाको आकर्षक लगानी गन्तव्यको रुपमा अघि बढाउनुपर्ने बताए ।
परिसंघको अध्यक्षमा अग्रवाल
नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवालले निर्वाचित भएका छन् । परिसंघको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्ष चयन भएका हुन् । अग्रवाल यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष थिए ।
परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसकेका उनी पूर्वाधार विकास समितिको सभापति हुन् । नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक पनि हुन् । परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद् सदस्य चयन गरेको छ । त्यस मध्येबाट ७ जना उपाध्यक्ष चयन हुने व्यवस्था छ । राष्ट्रिय परिषद्मा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुलकुमार अग्रवाल, सन्दिपकुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल छन् । त्यसैगरी चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दिपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाण कुमार चौधरी, विक्रम सिंघानिया, दिलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भए ।
प्रतिष्ठान तर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरु प्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन भए । संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्तबहादुर चन्द राष्ट्रिय परिषद् सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्