चीनमा एयरबसका विमान आपूर्ति हुन सकेनन् «

चीनमा एयरबसका विमान आपूर्ति हुन सकेनन्

एयरबसले चीनका लागि बनाएको विमान हालसम्म पनि आपूर्ति हुन सकेको छैन । कम्पनीले यसै साता झन्डै २ सयभन्दा बढी जेट बिक्री गर्ने लक्ष्य राखेको थियो । तर, चिनियाँ विमान सेवा कम्पनीले आफूले गरेको अर्डर लिन बाँकी नै छ । यी विमान निर्माण भइसकेका छन् ।
विशेष गरी चीनको उड्डयन नियामकले एयरबसका प्रमुख मोडलको आपूर्तिका लागि अनुमति दिइ नसकेकाले विमानको आपूर्ति हुन नसकेको हो ।
जर्मनी र फ्रान्समा एक दर्जनभन्दा बढी ए–३२० नियो ए–३२१ नियोज अझैसम्म पनि चिनियाँ उड्डयन प्रशासनको अनुमति कुरेर बसिरहेका छन् । चिनियाँ विमान सेवाका लागि निर्माण भएको झन्डै आधा दर्जन ए–३५० फ्रान्समा रहेका कारखानाको मुख्यालयमा कुरेर बसिरहेका छन् ।
आगामी दुई दशकको अधिमा विश्वकै ठूलो विमानको बजार हुन लागेको चीनको नियमन स्वीकृति एयरबस र बोइङको भविष्यका लागि महत्वपूर्ण मानिँदै आएको छ ।
के कुराले एयरबसको स्वीकृतिका लागि चीनमा ढिला भएको भन्ने विषय अझै पनि पूर्ण रूपमा स्पष्ट भइसकेको छैन । यो ढिलाइ विशेष गरी प्रविधिभन्दा पनि राजनीतिसँग सम्बन्धित भएको नियमन ढिलाइसँग सम्बन्धित केही व्यक्तिले बताएका छन् । यो विषय विशेषगरी युरोपसँगको सुरक्षा सम्झौता र चीनमा थप उत्पादन गर्ने विषयमा बेइजिङको इच्छाका कारण बढी सम्बन्धित भएको बताइएको छ ।
यो व्यावसायिक कूटनीति भएको टिल ग्रुप एरोस्पेसका परामर्शदार्तृ निकायका उपाध्यक्ष रिचार्ड अबोउलाफियाले बताए ।
“जेटलाइनरको खरिद अन्य कुनै कुराभन्दा पनि राजनीतिको निरन्तरता हो,” अबोउलाफियाले बताए ।
प्रतिस्पर्धी र उपभोक्ता दुवैको दृष्टिकोणबाट एरोस्पेसमा चीनको बढ्दो भूमि काले बोइङ र एयरबसलाई महत्व राख्छ । उपभोक्ताले उनीहरूको बजारको आकार पनि निर्धारण गर्छ ।

प्रतिक्रिया दिनुहोस्