ग्रेट वाल मोटर्सका गाडी नेपाली बजारमा «

ग्रेट वाल मोटर्सका गाडी नेपाली बजारमा

ग्रेट वाल मोटर्स नेपाली बजारमा उपलब्ध हुने भएको छ । तीन वटा नयाँ मोडेल साथ ग्रेट वाल मोटर्स नेपाली बजारमा आएको हो ।
विशाल ग्रुपको सहायक संस्था भीजी इम्पेक्स प्रालि ग्रेट वाल मोटर्सका लागि आधिकारिक बिक्रेता हो । कम्पनीले दुईवटा एसयूभी र एक पिक–अपमोडेल बजारमा ल्याएको हो । यी तीनैवटा गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहने कम्पनीको दावी छ ।
ग्रेट वाल मोटर्सको शो रुम थापाथलीमा छ । कम्पनीले देशभर शो रुम विस्तार गर्ने जनाएको छ । भीजी इमपेक्सले ग्रेट वालमोटर्सको सेल्स, सर्भिस, स्पेयर्स र सर्वे (कस्टमर केयर)मा विशेष ध्यान दिँदै अन्तर्राष्ट्रिय स्टान्डर्डको सर्भिस सेन्टर पनि स्थापना गर्ने जनाएको छ ।
कम्पनीले भित्र्याएको एसयूभी गाडीको बजार मूल्य ९७ लाख, ५५ लाख ५० हजार र पीकअपको ६५ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्