मेडिसिटी र यतीको सहकार्यमा एयरएम्बुलेन्स सेवा «

मेडिसिटी र यतीको सहकार्यमा एयरएम्बुलेन्स सेवा

नेपाल मेडिसिटी अस्पताल र यती एयरलाइन्स तथा तारा एयरबीच एयरक्राफ्टमार्पmत बिरामीको उद्धार गर्ने सहकार्यका लागि द्विपक्षीय सम्झौता भएको छ ।
अस्पतालका महाप्रबन्धक विजय रिमाल र एयरलाइन्सका प्रशासन प्रमुख अञ्जन बड््गामीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको हो । हाल देशमा हेलिकोप्टरबाट तथा चार्टर्ड फ्लाइटबाट बिरामीलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यती र तारा एयरले नियमित एयरलिफ्ट एम्बुलेन्स सेवा उपलब्ध गराउने भएका छन् । यस व्यवस्थाले बिरामीहरुलाई रात्रिकालिन उद्धार उडान गर्नसमेत सहज हुने भएको हो ।
नेपाल मेडिसिटी अस्पतालले बिरामीहरुलाई हवाई तथा ग्राउण्ड एम्बुलेन्समार्पmत आकस्मिक तथा उद्धारमा गुणस्तरीय सेवा प्रदान गर्दै आएकोमा यतीसँगको सहकार्यले यो सेवा थप विस्तारित हुने अस्पतालका महाप्रबन्धक विजय रिमालले विस्वास व्यक्त गरेका छन् ।
अस्पतालद्वारा एयरलाइन्स्का उडान दल तथा विभिन्न स्थानका ग्राउण्ड ह्याण्डलीङ कर्मचारीलाई प्री हस्पिटल केयर र आकस्मिक उद्धारका विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्