सूर्य नेपालको ५० लाख सहयोग «

सूर्य नेपालको ५० लाख सहयोग

सूर्य नेपालले तनहुँका शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’मा क्रमश शुक्लागण्डकी नगरपालिकालाई ३० लाख र म्याग्दे गाउँपालिकालाई २० लाख सहयोग गरेको हो । सूर्य नेपालको शेराटारस्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
सूर्य नेपालले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’मा १० लाख तथा सातवटै प्रदेशमा कोभिडविरुद्धको लडाईंमा सहयोग पु¥याउन एक÷एक करोड रकम प्रदान गरेको थियो । सूर्य नेपालले यस क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतका विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । कम्पनीले गत आर्थिक वर्षमा पनि म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई एक÷एकथान एम्बुलेन्स प्रदान गरेको थियो ।
कम्पनीले कोरोना महामारी रोकथाम तथा उपचारका लागि यस क्षेत्रका विभिन्न अस्पताल तथा स्थानीयवासीलाई विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्