सन्राइज बैंकको कार्डलेस भुक्तानी सेवा सुरू «

सन्राइज बैंकको कार्डलेस भुक्तानी सेवा सुरू

सन्राइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी रकम झिक्दै आएकोमा अब सन्राइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्नेछन् ।
यस सेवा अन्र्तगत ग्राहकहरुले बैंकको मोबाइल एप प्रयोग गरी दिइएको निर्देशन अनुसार आफूले भुक्तानी गर्न चाहेको रकम पाउन सक्ने बैकले जनाएको छ । सो प्रकृया पूरा गर्दा ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोर्ड एसएमएसमार्फत आउनेछ । सो कोर्ड बैंकको एटीएममा कार्डलेस भुक्तानी अप्सनमा आटीपी नम्बर प्रयोग गर्दा रकम झिक्न सकिन्छ ।
नयाँ र अत्याधुनिक प्रविधिको प्रयोगले कार्ड बोक्न बिर्सिएको अवस्थामा पनि मोबाइल बैंकिङ्ग प्रयोग एटीएममार्फत सजिलै रकम झिक्न सकिने बैंकले जनाएको छ ।
बैंकले यस अघि पनि मिस्ड कलबाट विभिन्न सेवा प्रदायको बिल भुक्तानीका सेवाहरु प्रदान गर्दै आएको छ । यो सुविधा ग्राहकहरुले बैंकको देशभरी रहेका सबै एटीएममार्फत लिन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्