भारतीय नागरिक भनी दुष्प्रचार गर्दा अपमानित महसुस : पजियार «

भारतीय नागरिक भनी दुष्प्रचार गर्दा अपमानित महसुस : पजियार

गिनिज बुक अफवल्र्ड होल्डर (मेमरी किङ) डा.नवल पजियारले आफू भारतीय नागरिक भएको भनी दुष्प्रचार गरिएको बताएका छन् । उनले नेपाली नागरिक भएको स्ष्ष्टपार्दै भारतीय नागरिक भनेर मानमर्दन गर्न खोजेको बताएका छन् ।
आज रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गर्दै पजियारले राष्ट्रको नामविश्वमाचिनाउन गरेको आफ्नो मेहेनतमाथि गलत प्रचार–प्रसार गर्दा अपमानित भएको र करियरमा नै असर गरेको बताए । ‘म माथि ठूलो घात भएको छ,’पत्रकार सम्मेलनको क्रममा पजियारले भने, ‘मैले आफूलाई अपमानित र अन्याय भएको महसुस गरिरहेको छु ।’
उनले नेपाली भएर नेपालको मान सम्मान तथा प्रतिष्ठा विश्व सामु बढाउन पाउँदा निकै खुशी भएको भएपनि सञ्चार माध्यमहरूले आफूलाई नेपाली नागरिक नभएर भारतीय भएको गलत लेख्दा ज्यादै पीडा भएको बताए । उनले भने, ‘गलत समाचार प्रचार कसरी भयो नियाल्दै जाँदा अर्पण शर्माले पत्रकार सम्मेलन नै गरेर बिना प्रमाणमलाई भारतीय नागरिक भनेका रै’छन् ।’
पत्रकार सम्मेलनमा डा.पजियारले आफ्नो शैक्षिक योग्यताको सर्टिफिकेट र आफू नेपाली भएको प्रमाणपत्र देखाउँदै भने, ‘अर्पण शर्माले मेरो बारेमा गलत प्रचार गरेर जनतालाई भ्रममा पारी दिए ।’ जनता र मिडियालाई सही वा गलत थाहा नभएकाले आज प्रमाणसहित उपस्थित भएको उनको भनाइ थियो । पत्रकारले मेमरीकिङको अझ थपप्रमाण देखाउन आग्रह गरेपछि उनले डेमोसमेत प्रदर्शन गरेका थिए ।
उनले समाचार बनाउँदा कुुन कुरा सही हो वा गलत हो भनी बुझेर मात्र लेख्न पत्रकारलाई आग्रह गरे ।
पजियारले १९ डिसेम्बरमा २०२० मा १ मिनेटमा ५४ वटा वस्तुको स्मरण गरी विश्वका सम्पूर्ण विगतका रेकर्डहरू तोड्दै गिनिज बुक अफवल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्