प्रचण्ड निवास खुमलटारमा प्रधानमन्त्री देउवा «

प्रचण्ड निवास खुमलटारमा प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहाललाई भेट्न खुमलटार गएका छन् । मंगलबार अपराह्न दाहाल निवास खुमलटारमा पुगेर देउवाले दाहालको स्वास्थ्य अवस्थाको बारेमा जानकारीसमेत लिएका हुन् । साथै उनले दाहालको स्वास्थ्यलाभको समेत कामना गरेका छन् ।
खुमलटार पुगेका देउवाले दाहालसँग करिव डेढघण्टा छलफल गरेका थिए । यसअघि मंगलबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न दाहाल प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । त्यस्तै बुधवार बिहान मात्रै नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेट गरेका थिए । देउवा र प्रचण्डबीचको भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्