चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्न माग «

चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्न माग


प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्र्तगतको नागरिक उड्ड्यन, युरोपेली मुलुकहरु र इजरायल हेर्ने डेस्कले निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्नुपर्ने बताएको छ ।
मंगलबार समिति अन्र्तगतको नागरिक उड्ड्यन, युरोपेली मुलुकहरु र इजरायल हेर्ने डेस्कले नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकसँग छलफल गर्दै निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटमा आवश्यकता भन्दा बढी भाडा लिई नागरिकलाई ठगिएको जनगुनासो आएकाले ठगिमा संलग्नलाई कारबाही गर्न अनुरोध गरेको हो ।
समिति सदस्य दिव्यमणि राजभण्डारीले नाजायज फाइदा उठाउनेलाई कारबाही गर्न आग्रह गरेको बताए । उनले नेपालको एयरलाइन्स्लाई युरोपमा अझै कालोसूचीमा राखिएकाले त्यसबाट हटाउने उपायहरुका बारेमा छलफल गरिएको बताए । “नाजायज फाइदा उठाएकालाई कारबाही होस् भन्ने हाम्रो भनाई छ । यदी उहाँहरुले गल्ती गर्नुभएको छैन र कम्युनिकेशन ग्यापले गर्दा अप्ठ्यारो भएको हो भने उहाँहरुलाई इन्फरमेशन राम्रो जाओस् भन्ने धारणा राख्यौं” उनले भने, “नेपालको एयरलाइन्स युरोपले ब्ल्याकलिस्टिङ ब्याकलिस्टिङ गरिरहेको छ । ब्याकलिस्टिङबाट निकालेर पर्यटन, उद्योग र समग्र देशको विकासको निम्ति सहयोग पु-याउन सकोस् भन्ने हाम्रो सुझाव छ ।”
उनले नेपाल वायु सेवा निगमसँग चिनियाँ जहाजको सञ्चालनमा देखिएको समस्याको सम्बन्धमा छलफल गरिएको पनि बताए । आन्दोलनरत कर्मचारीका माग बारे पनि समितिमा छलफल भएको उनले बताए । छलफलका क्रममा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले चार्टड फ्लाइटमा स्वभाविक रुपमा भाडा बढी हुने भएपनि अनियमितता भने नभएको बताए । एयरलाइन्स्को पक्षबाट कुनैपनि अनियमितता नभएको उनले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्