बाग्लुङको बुर्तिवाङमा ग्लोबल आइएमई

ग्लोबल आइएमई बैंकले आइतबार बाग्लुङ जिल्लाको बुर्तिवाङमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको ग्लोबल आइएमई बैंकका चन्द्रप्रसाद ढकाल र बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले संयुक्त रुपमा शाखाको औपचारिक उद्घाटन गरे । त्यस्तै सोही शाखामा खोलिएको एटीएम सेवाको ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले उद्घाटन गरे । उक्त शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष ढकालले सबैका लागि बैंक भन्ने मुल नारालाई चरितार्थ गर्दे देशका देशका १४ वटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको जानकारी दिदै बैंकिङ सेवाको पहुँच भन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भए शाखाको माध्यमबाट र शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ सेवाको माध्यमबाट बैंकिङ सेवा बिस्तार गर्दै जाने बताए ।