पाँचथरमा ट्राफिकले संकलन गर्याे १८ लाख ६४ हजार राजस्व
जिल्ला ट्राफिक प्रहरी कार्यलय पाँचथरले आर्थिक वर्ष २०७७/०७८ मा १८ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले अघिल्लो वर्ष १४ लाख २८ हजार संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत बढी राजस्व संकलन गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक दीपक दुलालका अनुसार यो बर्ष ट्राफिक नियम उल्लंघन गर्नेमा कार जिप ९ सय २४, ट्रक ३ सय ५ ट्याक्टर २ सय ५, मोटर साइकल १ हजार ५ सय ६१,अटो १ सय ६१, बस १२ ओटा र टिफर २ गरी कारबाही संख्याजम्मा ३ हजार १ सय७० भएको छ भने अघिल्लो बर्ष २ हजार ५ सय ६५ कारबाही भएको जानकारी गराएका छन् ।
कार्यलय प्रमुख दुलालका अनुसार यो बर्ष दुर्घटना हुने र मृत्युु हुनेको संख्यापनि अघिल्लो बर्षको तुलनामा बढी छ । यस बर्ष ४३ दुर्घटना भएका छन् जसमध्ये मुत्यु संख्या १६ छ भने घाइते संख्या ६८ भएको छ । जुन अघिल्लो बर्षको तुलनामा बढी हो । कोभिड–१९ को विषम परिस्थितिमा पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको जानकारी दिए ।