अब खल्तीबाट पनि ‘मेगा रेमिट’ सेवा «

अब खल्तीबाट पनि ‘मेगा रेमिट’ सेवा

खल्ती डिजिटल वालेटबाट पनि अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच रेमिट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार, अब सर्वसाधारणहरुले मेगा रेमिटमार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम खल्ती डिजिटल वालेटबाट पनि प्राप्त गर्न सक्ने भएका छन् ।
यसका साथै, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, इजरायल, जोर्डन, कुवेत, युएई, मलेसिया, साउदी अरब र भारतबाट मेगा रेमीटमार्फत पठाएको रकम खल्तीमार्फत प्राप्त गर्न सकिनेछ ।
नेपालभित्र पनि खल्तीमार्फत रकम पठाउन र प्राप्त गर्न सकिने व्यवस्था मिलाइएकोमा यो व्यवस्थाले मेगा बैंकको रेमिटेन्स सेवाको दायरालाई अभैm फराकिलो बनाउँदै ग्राहकहरुमा थप सहजता प्रदान गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्