इसेवा मनि ट्रान्स्फर र कुवेत इण्डिया इन्टरनेशनलबीच सम्झौता

इसेवा मनि ट्रान्स्फर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स् कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन अझ सहज भएको छ ।
कुवेतमा रहेका नेपालीहरूले कुवेत इण्डिया इन्टरनेशनलमार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा कम लागतमा रकम पठाउन सक्ने बताइएको छ । साथै कुवेतमा रहेका कुवेत इण्डिया इन्टरनेशनलका ८ वटा शाखा तथा मोबाइल भ्यानमार्फत पनि नगद रेमिट्यान्स् पठाउन सकिन्छ ।
मोबाइल भ्यान रकम पठाउने व्यक्तिको घर–घरमा पुग्नेछ । उक्त रकम नेपालमा रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजार बढी एजेन्ट नेटवर्कमार्फत प्राप्त गर्न सकिन्छ । सिधै इसेवा खातामा लोड गर्न पनि सकिने बताइएको छ ।