वीरगन्ज उवासंघका पदाधिकारी सम्मानित «

वीरगन्ज उवासंघका पदाधिकारी सम्मानित

पर्सा जिल्ला अदालत बार एशोसिएशनले वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई सम्मान गरेको छ ।
कार्यक्रममा संघका अध्यक्ष सुबोधकुमार गुप्ताले दुई संस्था बीचको संस्थागत सम्बन्ध सुदृढ हुनु पर्नेमा जोड दिए । उनले सार्वजनिक हितको विषयमा एकजुट भई विधिको शासन कायम गर्नमा सामूहिक सहकार्यको खाँचो रहेको बताए ।
पर्सा जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष ओमप्रकाश गुप्ताले वीउवासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई बधाई ज्ञापन गर्दै आपसी सहकार्यबाट सामाजिक, आर्थिक लगायतका विषयमा अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्