लक्ष्मीहातमा देवदर्शन शिवम्को साथमा योजनाको नतिजा «

लक्ष्मीहातमा देवदर्शन शिवम्को साथमा योजनाको नतिजा

नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा सञ्चालित ‘लक्ष्मीहातमा देव दर्शन शिवम्को साथमा’ उपभोक्ता योजनाअन्तर्गतको हेलिकप्टरबाट काठमाडौं–गोसाइँकुण्ड–काठमाडौं, देव दर्शन यात्राको पहिलो चरणअन्तर्गत ६० भाग्यशाली कुपन विजेतामार्फत १ सय २० जना विजेताको नाम लक्की–ड्रमार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको जनाएको छ । शिवम् सिमेन्टले यही पुस ५ गतेदेखि ‘लक्ष्मीहातमा देव दर्शन शिवम्को साथमा’ नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो जसअन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपनप्राप्त गरी हातखाली नहुने उपहार १ सयदेखि १ हजार रुपैयाँसम्म नगद र २.५० ग्रामदेखि १० ग्रामसम्मको सुन समावेश गरिएको थियो भने सोही कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखी काठमाडौं–गोसाइँकुण्ड–काठमाडौं हेलिकप्टर यात्राका लागि लक्की–ड्रमा भाग लिन सकिने व्यवस्था मिलाएको थियो ।
नेपालभरबाट संकलित अर्धकट्टीहरु मध्येबाट प्रथम चरणको लक्की–ड्र पत्रकार सम्मेलन गरी ६० जना भाग्यशाली विजेताहरुको नाम सार्वजनिक गरिएको थियोे । जस मध्ये प्रत्येक कुपनवापत २ जना विजेता गरी १ सय २० जनाले हेलिकप्टरबाट गोसाइँकुण्ड जान सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्