भारत अध्ययनका लागि जाने विद्यार्थीलाई छात्रवृत्ति «

भारत अध्ययनका लागि जाने विद्यार्थीलाई छात्रवृत्ति

भारतीय दूतावासमार्पmत र आफ्नै प्रक्रियाबाट अध्ययनका लागि भारत जाने विद्यार्थीका लागि भर्ना प्रक्रिया सुरु भएको छ ।
काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा शाखा रहेको वाइड रेन्ज कन्सल्टेन्सीले शैक्षिक सत्र २०२१–०२२ का लागि भर्ना प्रकृया अगाडि बढाउने सम्बन्धमा स्टडी इन इन्डिया स्कलरसिप इन्फर्मेसन सेसन पत्रकार आयोजना गरी भर्ना प्रक्रियाको जानकारी दिएको हो । कन्सल्टेन्सीले सोमबार पत्रकार सम्मेलन आयोजना गरी कम्पेक्स स्कलरसिप (भारतीय दूतावास काठमाडौं) ले प्रत्येका वर्ष मेधावी र मेहनति विद्यार्र्थीलाई मेरिटको आधारमा दिने गरेको बारेमा समेत जानकारी दिएको छ ।
भारतमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीले छात्रवृत्तिमा अन्डरग्याजुएट प्रोग्राम अन्तर्गत बीई इन्जिनियरिङ, फार्मेसी, कृषि, खाद्य प्रविधि र बीएससी नर्सिङका लागि अगस्ट ४ तारिखसम्म आवेदन दिनसक्ने जनाइएको छ । यस वर्ष कोरोना महामारीका कारण कम्पेक्स स्कलरसिप टेस्ट कम्पुटर वेसमा अगस्टको चौंथो साता परीक्षा लिइने भएको छ । कक्षा १२ पास गरेका र परीक्षा दिएका दुवै वर्गका विद्यार्र्थीले यो स्कलरसिप टेस्ट दिन मिल्ने छ । कक्षा १२ मा ६० प्रतिशत प्राप्तांक ल्याएका विद्याार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।
कम्पेक्स स्कलरसिप प्रदान गर्नेमध्ये भारतको उडिसामा अवस्थित कालिगा इन्स्टिच्युट अफ इन्डस्टियल टेक्नोलोजी (किट), युनिभर्सिटी, बेंग्लोरमा रहेको बीएमएस कलेज अफ इन्जिनियरिङ र हरियाणामा रहेको रमहर्षि मारकन्डेश्वर युनिभर्सिटीले नेपाली विद्यार्थीलाई भर्नाका लागि आवेदन दिएका छन् । यसका लागि वाइड रेन्ज कन्सल्टेन्सीले नेपालले प्रवद्र्धन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्