नेपालगन्जमा आफ्नै भवनमा सिटिजन्स बैंकको कार्यालय «

नेपालगन्जमा आफ्नै भवनमा सिटिजन्स बैंकको कार्यालय

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आइतबार प्रदेश नं ५ को प्रादेशिक कार्यालय आफ्नै सुविधासम्पन्न भवन नेपालगन्जमा स्थापना गरेको छ । नेपालको संविधान २०७२ ले नेपाल राज्यको संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहमा हुने व्यवस्था गरेको छ । यी तीनतहको सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै प्रादेशिक कार्यालयको स्थापनागरिएको हो ।
उक्त कार्यालयको आरम्भ समारोहमा प्रदेश नं ५ का उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ–संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको बाक्लो उपस्थिति रहेको बैंकले जनाएको छ । प्रदेश नं ५ अन्तर्गत बैंकका ११ वटाशाखाहरू (बढैयाताल,बंगलाचुली, भुमही, भुमे, बुटवल, छहरा, घोराही, झिमरुक, नेपालगन्ज, सानोश्री तथा सिद्धार्थनगर)बाट व्यापार विस्तारका साथ साथै शाखाहरूसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाइ जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्