होण्डा ग्राजिया अब बीएसभीआई मोडलमा «

होण्डा ग्राजिया अब बीएसभीआई मोडलमा

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डा ग्राजियाको बीएसभीआई मोडललाई सार्वजनिक गरेको छ ।
आकर्षक र स्टाईलिस लुक रहेको १२५ सीसीको नयाँ बीएसभीआई मोडलमा व्यवहारिक फिचरहरु थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको कम्पनीले जनाएको छ । १५५ एमएमदेखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यस फिचरअन्तर्गत स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सकिने कम्पनीको दावी छ । होण्डाको प्रोग्राम फ्यूल इन्जेक्सन टेक्नोलोजीे प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर रहेको छ । ग्राजियाको नयाँ बीएसभीआई डीएलएक्स मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नका लागि पनि सुविधा रहेको बताइएको छ । नयाँ बीएसभीआई एसटिडी मोडलमा इन्जिन थप सुविधा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्