५ सय ७८ निसान म्याग्नाइट नेपाली सडकमा «

५ सय ७८ निसान म्याग्नाइट नेपाली सडकमा

नेपालका लागि निसान र ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले हालसम्म ५ सय ७८ वटा निसान म्याग्नाइट हस्तान्तरण गरिसकेको जनाएको छ ।
गत फेब्रुअरी २२ मा निसान म्याग्नाइट सार्वजनिक गरिएसंगै ७४ दिनभित्र ५ सय ७८ वटा निसान म्याग्नाइट बिक्री गरिसकेको र १ हजार भन्दा धेरै बुकिङ भइसकेकोे कम्पनीले जनाएको छ । पायोनियर मोटोकर्पका लागि कोशेढुंगा साबित भएको कम्पनीले जनाएको छ । छोटो समयावधिमा नै यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एस युभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्