रुसी ब्यूटी क्वीनका लागि मलेसियाली राजाले गद्दीनै त्यागे «

रुसी ब्यूटी क्वीनका लागि मलेसियाली राजाले गद्दीनै त्यागे

क्वालालम्पुर-मलेसियाका सुल्तान मोहम्द पाँचौले २०१६ मा जब राजशाही गद्दी सम्हालेका थिए, उक्त समयमा उनी देशकै युवा सुल्तान बनेको थिए । सुल्तान पाँचौले आइतबार आफ्नो शाही पद छोडेर अन्तर्राष्ट्रिय मिडियामा आएको आफ्नो विवाहको अनुमानलाई झनै सशक्त बनाएका छन् । विगत २ महिनादेखि सुल्तान मेडिकल विदामा बसेका थिए । यो खबरले मिडियामा सुल्तानले रुसी सुन्दरीसँग सुटुक्क विवाह गरेको चर्चा चल्न थालेको थियो ।

मस्कोमा विवाहको गलत हल्ला
बेलायती तथा रुसी मिडियामा ४९ वर्षका सुल्तानको मन २५ वर्षकी रुसी सुन्दरीमा लीन भएको हल्ला चलेको थियो । दुवैले मस्कोमा विवाह पनि गरे र सामाजिक संजालमा यो सँग सम्बन्धितन केही तस्बिर पनि शेयर गरियो । तर सुल्तान तथा उनको राजमहलको तर्फबाट यस किसिमको घटनाको कुनै पुष्टि भने गरिएको छैन ।

मलेसियामा सुल्तान धेरै सम्मानित
बेलायतबाट १९५७ मा स्वतन्त्रता प्राप्त गरेपछि मुश्लिम बाहुल्यता रहेको देशमा कुनै राजाले राजिनामा दिएको यो पहिलो घटना हो । प्रत्येक पाँच वर्षपछि सुल्तानको पद एक शाहबाट अर्को शाहमा हस्तान्तरण हुने गर्छ । यद्यपि मलेसियामा सरकार तथा सत्ताको शक्ति प्रधानमन्त्रीको साथ हुने गर्छ । तर सुल्तानको पद सम्मानजनक हुने गरेको छ । मलय मुश्लिम समुदायकाबीच सुल्तान तथा राजघरानाको काफी इज्जत हुने गरेको छ र उनको आलोचना गर्न प्रतिबन्ध लगाइदै आएको छ ।

ओकसनाले सुल्तानका लागि धर्म परिवर्तन
सुल्तान र रुसी सुन्दरीको पहिलो भेट १८ महिना पहिले युरोपमा भएको थियो । पूर्व मिस मस्को ओकसना भोइभोदाना पेशाले मोडल तथा फेसन डिजाइनर हुन् । डेली मेलमा छापिएको समाचार अनुसार सुल्तानसँग विवाहका लागि ब्यू्टी क्वीनले इश्लाम धर्म समेत अपनाएकि छन् । विवाह पूर्व ओकसना सामाजिक संजालमा धेरैनै सक्रिय रहदै आएकि थिइन् ।
सुल्तानको विवाहको पुष्टि हाल सम्म पनि राजघरानाले गरेको छैन । मलेसियाली प्रधानमन्त्रीले समेत यस विषयमा आपूmलाई जानकारी नभएको बताएका छन् । मिडिया रिपोर्टका अनुसार ओकसनाको परिवार तथा साथी विवाहको समयमा उपस्थित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्