सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरोना पे युरोपबीच कारोबार सुरु «

सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरोना पे युरोपबीच कारोबार सुरु

साइप्रसको ख्यातिप्राप्त कोरोना पे र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ ।
साइप्रस, युके, जर्मनी, डेनमार्क, स्पेन, इटाली र फ्रान्समा रहेका नेपालीहरुले कोरोना पेको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै नेपालमा पैसा पठाउन सक्ने बताइएको छ । नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ । चाँडै नै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने बताइएको छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्रटण्डन र कोरोना पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ग्लेब कोज्लोभले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्