प्रभु क्यापिटलका कर्मचारीलाई लिडरसिप अभिमुखीकरण

प्रभु क्यापिटले आफ्ना कर्मचारीको वृत्ति विकास तथा क्षमता अभिवृद्धिका लागि एक दिने टिम बिल्डिङ तथा मोटिभेसनल तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रभु क्यापिटलका ४० जना कर्मचारीको सहभागिता रहेको थियो ।
तालिम कार्यक्रम एक्जिओम नेपालका तर्फबाट प्रशिक्षक इन्द्रबहादुर गुरुङ तथा सञ्जिव काफ्लेले सञ्चालन गरेका थिए । सो तालिम अन्तरगत कर्मचारीलाई समुह निर्माण, यसको महत्वका साथै कार्यस्थलमा कार्य सम्पादन गर्दा ग्राहकसँग गर्नुपर्ने व्यवहारका साथै समुहमा कार्य गर्दा लक्ष्य प्राप्ति गर्ने माइण्डसेटका कार्य कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण दिएका थिए ।