हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गर्दै सेना «

हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गर्दै सेना


कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण सुरु भएको छ । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले सालधारी क्षेत्रमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण सुरु गरेको हो । नेपाली सेनामार्फत होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्ट्रक्सन प्रालिले सेन्टरको निमार्णको कार्यलाई अगाडि बढाएको छ । कम्पनीका अनुसार हाल निर्माण सुरु भएको अवस्था छ भने केही फाउन्डेसनको काम सकिएको छ ।
“निर्माण गरिन लागेको होल्डिङ सेन्टरको १० वटा भवनको फाउन्डेसनको काम सकिएको अवस्था छ, यस्तै गरेर स्टिल स्टकचरको काम पनि सम्पन्न भएको छ ।” हनुमान कन्ट्रक्सन पा्रलिका साइड इन्चार्ज लक्ष्मण सापकोटाले भने, “यसैगरी निमार्णको अन्य काम पनि भइरहेको अवस्था छ, तथापि दुई महिना भित्र होल्डिङ सेन्टरको निर्माण कार्य सक्ने लक्ष कम्पनीको रहेको छ ।” दुई महिनाभित्र सम्पन्न गर्नुपर्ने समयावधि भए पनि वर्षाका कारण निर्माण कार्य प्रभावित भए पनि होल्डिङ सेन्टरको ९० देखि ९५ प्रतिशत काम भने समयावधि भित्रै सम्पन्न गर्ने योजना ठेकेदार कम्पनीको रहेको छ । दिउँसो वर्षा भएको दिन राति तथा राति वर्षा भएको दिन दिउँसोको समयमा भए पनि निर्माण कार्यलाई भने प्राथमिकता दिएर क्मपनीले निर्माण कार्य गरिरहेको सापकोटाले बताए ।
सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले होल्डिङ सेन्टरको निमार्णको कार्य हेरिरहेको छ । बाहिनीले निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्ने गरेको छ । निमार्णको कार्य ढिलासुस्ती अथवा निर्माणको कुरामा सेनाले विशेष ध्यान दिएर निमार्ण कार्यलाई सहजता गर्ने गरेको बाहिनीले जनाएको छ ।
२९ करोडमा होल्डिङ सेन्टरको ठेक्का पाएको निर्माण कम्पनीले ३ करोड रुपैया भने भुक्तानी लिएको अवस्था छ । होल्डिङ सेन्टर निर्माणका लागि तिन बिगाहा जमिन आवश्यकता पर्ने भएको भएपनि यसअघि निर्माण कम्पनीलाई करिब डेढ विगाहा जमिन मात्रै उपलब्धता भएको अवस्था थियो । तर, पछिल्लो दिनमा भने जमिनको उपलब्धता पछि जमिनको समस्या नभएका कारण निमार्ण कार्य तीव्र गतिमा भैरहेको निमार्ण कम्पनीले जनाएको छ ।
“तीन बिगाहा क्षेत्रफलमा निमार्ण हुने स्थायी होल्डिङ सेन्टरको २२ वटा अलग अलग ब्लग निर्माण हुनेछन् । प्रत्येक ब्लगमा बाधरुम, भान्सा, डाइनिङ रुम लगायतको महत्वपूण सेवासुविधा सहित होल्डिङ सेन्टर निर्माण हुनेछ ।” साइड इन्चार्ज लक्ष्मण सापकोटाले भने, ।
अहिलेको कोरोना महामारीको प्रभावलाई मध्यनजर गरेर नेपाल सरकारले भारतबाट भित्रिएका नेपाली नागरिकहरूलाई कोरोना संक्रमण भए–नभएको परीक्षण गरेर मात्रै गन्तव्यमा जान दिने वा अस्पताल÷आइसोलेसनमा पठाउने गरी वैशाख महिनाको मन्त्रिपरिषद् निमार्णले नेपाल–भारत सीमानाका नजिकै ८ र उपत्यकामा २ गरी १० ठाउँमा प्रत्येकमा हजार जना मानिस अट्ने क्षमताका होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी तथा काठमाडौं उपत्यकामा २ ठाउँमा संरचना बनाउने निमार्ण गरिएको थियो । मन्त्रिपरिषद्को निर्णयपछि कञ्चनपुरमा पनि होल्डिङ सेन्टर निमार्ण भैरहेको हो । यस्तै होल्डिङ सेन्टरको निमार्णमा १ सय ६० जना कामदारले काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्