चीनले बनायो ‘मदर अफ अल बम’ «

चीनले बनायो ‘मदर अफ अल बम’

बेइजिङ-अमेरिकापछि चीनले पनि मदर अफ अल बम (मब) बनाएको छ । चीनको रक्षा मन्त्रालयले यसको शक्तिका परीक्षण गरेको छ । सरकारी मिडियाका अनुसार यो सर्वाधिक विध्वंसात्मक गैरपरमाणु हतियार हो । यसलाई हलुका किसिमको बमवर्षक विमानबाट पनि प्रहार गर्न सकिन्छ । जबकि अमेरिकाको मब कतै लिएर जानुप-यो भने ठूलो मालवाहक विमानको आवश्यकता पर्छ ।
ग्लोबल टाइम्सका अनुसार चानइना नर्थ इन्डसिइम्सका अनुसार चानइना नर्थ इन्डस्ट्रिज कर्पोरेसनले यसको प्रदर्शन गरेको थियो । यो बमलाई एच–६ के बमवर्षक विमानबाट खसालिएको थियो ।
कम्पनीले यसको प्रमोसनल भिडियो वेबसाइटमा डिसेम्बरमा राखेको थियो । बमको विध्वंसात्मक शक्ति सार्वजनिक रूपमा देखाइएको यो पहिलो पटक हो ।
बमले ठूला ठूला भवनका साथसाथै रक्षा प्रतिष्ठानलाई पनि ध्वस्त पार्न सक्ने दावी चीनले गरेको छ । यसको उत्तम प्रयोग त्यतिबेला हुन्छ जब हेलिकप्टरबाट सैनिक उक्त स्थानमा जानका लागि आवश्यक हुन्छ ।
यसका लागि उनीहरूका लागि अवतरण क्षेत्रबाट सहजै तयार पार्न सकिन्छ । जंगलजस्ता क्षेत्रमा यो विशेष उपयुक्त हुन्छ ।
अमेरिकाले यस किसिमको बम अफगानिस्तानमा आइएसको ठेगाना ध्वस्त पार्नका लागि प्रयोग गरेको थियो । जीबीयू–४३ बी को मदर अफ अल बमको दर्जा दिइएको थियो ।
चीनले अमेरिकाको बम अत्यन्त ग-हु“गो भएको दाबी गरेको छ । उनीहरूको बम ५ देखि ६ मिटर लामो भएको चीनको रक्षा विशेषज्ञले बताएका छन् ।
अमेरिकाको मबको जवाफमा रूसले पनि एक बम तयार गरेको थियो, जसलाई फादर अफ अल बमको नाम दिइएका थियो । रूसको बमले कम्पन ल्याउनुका सट्टा फायर बलको निमाण गथ्र्यो । यसबाट ठूलो विध्वंस पार्न सकिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्