सबैलाई समेट्ने योजना बनाउन आवश्यक : मन्त्री गुरुङ «

सबैलाई समेट्ने योजना बनाउन आवश्यक : मन्त्री गुरुङ

दमौली-गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सबै क्षेत्रलाई समेट्ने खालको नीति तथा योजना बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् । गण्डकी प्रदेश नीति तथा योजना आयोगले आइतबार तनहुँको दमौलीमा आयोजना गरेको आवधिक योजना तर्जुमाका लागि जिल्लास्तरीय छलफल तथा सुझाव सङ्कलन कार्यशालाको उद्घाटन गर्दै मन्त्री गुरुङले सबै वर्ग, समुदाय, लिङ्ग र क्षेत्रलाई समेट्ने गरी नीति तथा योजना बनाउनुपर्नेमा जोड दिएका हुन् ।गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सबै क्षेत्रलाई समेट्ने खालको नीति तथा योजना बनाउन आवश्यक रहेकोमा जोड दिएका छन् । गण्डकी प्रदेश नीति तथा योजना आयोगले आइतबार तनहुँको दमौलीमा आयोजना गरेको आवधिक योजना तर्जुमाका लागि जिल्लास्तरीय छलफल तथा सुझाव सङ्कलन कार्यशालाको उद्घाटन गर्दै मन्त्री गुरुङले सबै वर्ग, समुदाय, लिङ्ग र क्षेत्रलाई समेट्ने गरी नीति तथा योजना बनाउनुपर्नेमा जोड दिएका हुन् ।मन्त्री गुरुङले नीति तथा योजना वास्तविक र यथार्थपरक हुनुपर्ने बताउँदै योजनाको सही ढङ्गले पहिचान गर्न सकिए मात्रै विकास सम्भव रहेको धारणा व्यक्त गरे । उनले राष्ट्रिय, प्रदेश र स्थानीय तहको आवश्यकतालाई समेट्ने हिसाबले योजना बन्नुपर्नेमा जोड दिए ।मन्त्री गुरुङले प्रदेशको आफ्नै नीति तथा योजना नभएकोले गत वर्षको बजेट मध्यमकालिन खर्च संरचनाका आधारमा प्रस्तुत गरिएको बताउँदै आगामी वर्षको बजेट बनाउँदा आवधिक योजनाका आधारमा बनाइने समेत जानकारी दिए । उनले भने, “सातवटै प्रदेशमा शुन्य अवस्थाबाट काम शुरु गर्नु परेकोले आवधिक योजना बिना नै बजेट ल्याइएको थियो । अब प्रदेशले आफ्नै नीति तथा योजना बनाउन लागेको छ, आगामी वर्ष त्यसैमा टेकेर बजेट ल्याइनेछ ।” उनले योजना बनाउनु मात्रै ठूलो कुरा नभएको भन्दै त्यसको सही कार्यान्वयन हुनुपर्नेमा समेत जोड दिए ।कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन, उर्जा, कृषि र उद्योग भएकोले त्यसैलाई ध्यानमा राखेर प्रदेशको नीति तथा योजना बनाउनुपर्ने बताए । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेलले प्रदेशभित्रका सबै जिल्लाको वस्तुगत अवस्था र सरोकारवालाको सुझावका आधारमा नीति तथा योजना निर्माण गरिने जानकारी दिए ।सो अवसरमा शर्माले आर्थिक विकास र गरिबी निवारण, कृषि, सहकारी, वन तथा वातावरण, भौतिक पूर्वाधार, सामाजिक सेवा लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यशाला गोष्ठिमा जिल्लाका दश वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख, राजनीतिक दलका प्रमुख, विभिन्न सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी सरोकारवालाहरुले कृषि, स्वास्थ्य, जलविद्युत, पर्यटन, शिक्षा, खेलकुद, सिंचाई, खानेपानी लगायतलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्नेमा सुझाव दिएका छन् ।प्रदेश नीति तथा योजना आयोगले यसअघि म्याग्दी, बागलुङ र पर्वतमा समेत आवधिक योजना तर्जुमाका लागि जिल्लास्तरीय छलफल तथा सुझाव सङ्कलन सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्