सानिमा बैंकका ग्राहकलाई विशेष छुट «

सानिमा बैंकका ग्राहकलाई विशेष छुट

सानिमा बैंकले अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ ।
दराजको महाबचत बजार योजना अन्तर्गत बैंकका ग्राहकले डेबिटकार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम् १ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम् २ हजारसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यो योजना आएतबारदेखि ७ गतेसम्म लागू हुनेछ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ विभाग प्रमुख विक्रम श्रेष्ठ र दराज केयमुको तर्फबाट डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्