टिम भर्टेक्स नेपालको सीप विकास कार्यक्रम सम्पन्न «

टिम भर्टेक्स नेपालको सीप विकास कार्यक्रम सम्पन्न

विश्व युवा दक्षता दिवसको अवसर पारेर टिम भर्टेक्स नेपाल र स्पर्स एजुकेशनल फाउन्डेसन नेपालले सीप विकास, दक्षता मूल्याकंन तथा स्वरोजगार प्रोत्साहन गर्ने उद्देश्यले एक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमअन्तर्गत मल्टि स्किल आइटी ल्यावको उद्घाटन बिपिओ, आइटी, एआरभिआर, डिजिटल मार्केटिङ र ट्याली सेक्टरबाट भएको थियो भने टिम भर्टेक्स नेपालले आइटी, आईटीआईएस र ट्याली सेक्टरमा पायलट ब्याचहरुको घोषणा गरिएको थियो ।
नेपालमा सीप विकासलाई थप सशक्त बनाउँदै स्थानीय तहबाटै स्वरोजगार सिर्जना गर्न युवाहरूलाई सक्षम बनाउने गरी वृहत रुपमा छलफल आयोजना गरिएको टिम भर्टेक्स नेपालले जनाएको छ ।
कार्यक्रममा प्रशिक्षण पश्चात अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप विद्यार्थीको दक्षता मूल्यांकन समेत गरिएको थियो । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, वल्र्डलिंक कम्युनिकेसनका प्रमुख संजय शाह, कम्प्युटर एसोसिएसन अफ नेपालका नवीन जोशी, ब्रिटिस कलेजका डिन अरुण जोशी, ब्रिक्सका निर्देशक दिनेश वशिष्ठ, एमडीएफ टिम भर्टेक्सका एमडीएफ सञ्जय अग्रवाल, स्पार्स एजुकेशनल फाउन्डेसन नेपालका प्रमुख शशांक अग्रवाललगायतको उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्