बाढीपहिरोको जोखिम बढ्न सक्ने «

बाढीपहिरोको जोखिम बढ्न सक्ने


अझै ३ दिनसम्म भारी वर्षा हुने अनुमान गर्दै मौसम पूर्वानूमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षासँगै देशभर बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार साउन ५ गतेसम्म महाकाली, कर्णाली, भेरी, तिनाउ, पश्चिम राप्ती, बबई लगायतका नदीहरूमा बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्ने तथा नारायणी र कोशीका सहायक नदीहरू कालीगण्डकी, मस्याङदी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, भोटेकोशी, तामाकोशी, अरुण, तमोर लगायतका नदीहरूमा सतर्कता आसपास पुग्ने पूर्वानुमान छ ।
उक्त अवधिभर तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको विभागले बताएको छ ।
माहाशाखाका अनुसार, आइतवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । प्रदेश १, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्