नेपाल कुरियर सेवा सघंमा ढुंगेल «

नेपाल कुरियर सेवा सघंमा ढुंगेल

कुरियर व्यवसायीहरूको छाता संठन नेपाल कुरियर सेवा सघं (कोसान) को २४ औं वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । उक्त साधारणसभाले गोविन्द ढुंगेलको अध्यक्षतामा १५ सदस्य कार्यसमिति गठन गरेको छ । भने सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित हुन पुगेका छन् । कोसानको नव गठित १० औं कार्यसमितिको अध्यक्षमा गोविन्द ढुंगेल, वरिष्ठ उपाध्यक्ष देवेन्द्र खड्का त्यस्तै उपाध्यक्षमा दुर्गाप्रसाद सुबेदी र अनिलराज भण्डारी छन् ।
त्यस्तै महा–सचिवमा सञ्जय मण्डल र सचिवमा तिलराज खतिवडा र कोषाध्यक्षमा राजकुमार समरीको सहभागिता छ । यो सहित अन्य सात व्यवसायी केन्द्रीय सदस्यमा सर्वसम्मत चयन हुन पुगेको कोसानले जनाएको छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्य गरिरहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले देशले स्थायी सरकार पाएसँगै कुरियर व्यवसायीले राज्यसँग व्यवसाय सञ्चालनमा सहयोगी एन नियमको माग गर्न जायज भएको बताएका छन् । उनले अब बन्ने कुरियर ऐन व्यवसायी मैत्री बनाउन सबैको उत्तिकै दायित्व भएकाले हातेमालो गर्नु पर्न बताएका छन् । विदेशमा सरकारी हुलाक सेवा सफल हुदै जानुमा निजी क्षेत्रको प्रत्यक्ष सहयोग रहेको पाइन्छ ।
नेपालमा समेत निजी–सरकारी मोडेल पछ्याउँदै हुलाक सेवा विभागलाई कर्पोरेसनअन्तर्गत सञ्चालन तैयारीमा रहेको सरकारी योजनाका बारेमा प्रस्ट पारेका छन् । यसबाट हुलाक सेवा विभागका २० हजार कर्मचारीबाट प्रतिफल पाउन सहज हुँदै जानेछ भने हुलाक सेवाको प्रविधि रूपान्तरण अत्यावशयक भइसकेको उनले बताएका छन् । कोसानका अध्यक्ष ढुंगेलले प्रत्येक कुरियर व्यवसायीहरूको समस्या सुल्झाउन सघं हातेमालो गर्न तयार रहेको जनाएका छन् । उनका आुसार यसतर्फका व्यवसायीहरू देशको जटिल भौगोलिक परिस्थितिका बाबजुद सातै प्रदेशमा सेवा उपलब्ध गराउन सफल भएका छन् । यस प्रयासले देशको वाणिज्य सहज तरिकाले सञ्चालन भएको छ , भने दसौं हजार नेपालीलाई प्रत्यक्ष रोजगार दिनसमेत कुरियर व्यवसायी सफल हुँदै गएका छन् । कोसानलाई वाणिज्यको सहयात्रीको नामले परिचित गराउने क्रममा यस क्षेत्रका व्यवसायीहरू मबाट हामी भएर कार्यगत एकता गर्नुपर्नेतर्फ सबैको ध्यानाकर्षण गरेका थिए । त्यस्तै कोसानका महा–सचिव सञ्जय मण्डलले यस व्यवसायलाई मर्यादित बनाउँदै लैजानुपर्नमा जोड दिएका छन् । ग्राहक सेवालाई थप सहज करण गरी द्रुत सेवा उपलब्ध गराउन प्रविधि प्रयोगलाई सबै व्यवसायीले प्राथमिक्तामा दिनुपर्न उनको जिकिर थियो ।
राजस्व अनुसन्धान विभागले थदाकदा अवैध सामान चेकजाँचको नाममा अन्तरदेशीय कुरियरका ब्यागेजबीच बाटैमा खोली व्यवसायीहरूले खेप्दै गरेको हैरानी बन्द हुनुपर्न उनले माग राखेका छन् भने कुरियर सेवा सञ्चालन र नियमनमा राज्यको प्रस्ट नीति आउनुपर्छ । किनभने नीतिकै कारणले व्यवसाय सञ्चालनमा प्रशासनिक झनझटको सामना गर्न व्यवसायी बाध्य हुनु परेको छ । त्यस्तै त्रिवि अन्तर्राष्ट्रिय बिमान स्थलबाट सामान छुटाउन व्यवसायीलाई सहज वातावरण तयार गर्नुपर्न राज्यको जिम्मेवारी भएको उनको जिकिर थियो ।

 

प्रतिक्रिया दिनुहोस्