पाटा र टिप्सीको सहकार्यमा निःशुल्क ‘हस्पिट्यालिटी तालिम’ «

पाटा र टिप्सीको सहकार्यमा निःशुल्क ‘हस्पिट्यालिटी तालिम’

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले सम्पूर्ण नेपाली पर्यटन तथा हस्पिट्यालिटी व्यवसाय, विद्यालय वा संस्थाहरुमा आबद्ध असीमित प्रयोगकर्ता वा सरोकारवालाहरूले प्रयोग गर्न मिल्ने गरी निःशुल्क तीन महिनाको टिप्सी– अनलाइनलर्निङ प्लेटफर्म प्रिमियमम तालिम सुरु गरेको छ ।
पाटा नेपालका सीईओ–सुरेश सिंह बुडाल र टिप्सीका एशियाप्याशिफिक क्षेत्रीय निर्देशक–टोनी बोल्फले नेपालको पर्यटन पुनरुत्थान अभियानलाई सहयोग गर्ने उद्देश्यले जुलाई १२ मा ‘हस्पिट्यालिटी ट्रेनिङ द रोड टु रिकभरी एण्ड बियोण्ड’ नामक साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
टिप्सी एक विश्वका सर्वश्रेष्ठ पर्यटन एवं हस्पिट्यालिटी प्रोफेशनलहरु र विश्व–विख्यात प्रशिक्षकद्वारा निर्मित पाठ्यक्रमसहित पर्यटन र हस्पिट्यालिटी उद्योगका लागि अनलाइन शिक्षा प्रदान गर्ने एक विशिष्ट प्लेटफर्म हो । उक्त प्लेटफर्मले कम्प्लाइन्स, व्यवसाय, व्यवस्थापन, पेय पदार्थ, पाककला, होटल र सेवासँग सम्बन्धित एक हजार भन्दा बढी अनलाइन पाठहरूमा असीमित पहुँच प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्