माछापुच्छ्रे बैंकको ऋणपत्र २०८७ निष्कासन «

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८७ निष्कासन

माछापुच्छ्रे बैंकको एक हजार अंकित दरका ३० लाख कित्ता ऋणपत्र बिहीबारदेखि जारी गरेको छ ।
वार्षिक ८.५० प्रतिशत ब्याजदरसहित बैंकले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो । नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको माछापुच्छ्रे ऋणपत्र २०८७ को कुल निष्काशित ३० लाख इकाईमध्ये १२ लाख कित्ता अर्थात कुल एक अर्ब २० करोड ऋण पुँजी रकम सर्वसाधारणका लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ भने बाँकी १८ लाख कित्ता अर्थात एक अर्ब ८० करोड ऋणपुँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थालाई व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता आवेदन गर्न सक्ने बताइएको छ । बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ४ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा साउन १७ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्