आस्क फाउन्डेसनको होम आइसोलेसन बसेकालाई निःशुल्क सेवा
होम आइसोलेसनमा बसेका कोभिडका बिरामीलाई आस्क फाउन्डेसनले निःशूल्क सेवा दिएको जनाएको छ । यो मेडिकल हटलाइन होम आइसोलेसन सेवाअनुसार डाक्टर, नर्सहरुसँग आफ्ना समस्या राख्न सकिन्छ ।
कोभिडका बिरामीलाई औषधि कस्तो खाने, सन्तुलित भोजन कसरी गर्ने र मेडिटेसन, योगा, ब्रिदिङ अभ्यास कसरी गर्ने सिकाइन्छ । हालसम्म ८० बढीलाई १० दिनसम्मको होम आइसोलेसन मोनिटरिङ गरिएको छ। साथै हटलाइनबाट टेली परामर्श पाँच हजारले लिइसकेको कार्यकारी निर्देशक कबिन मलेकूले जानकारी दिए ।
फाउन्डेसनले क्यानाडा सरकारको सहयोगमा यस्तो सेवा दिइरहेको हो । विगत ११ वर्षदेखि फाउन्डेसनले टेलिमेडिसिनमा काम गर्दै आएको छ । अहिले पनि गाउँका ५ स्वास्थ्य चौकीमा टेली मेडिसिन सेवा दिइरहेको कार्यकारी निर्देशक मलेकूले बताए । सरकारी अस्पतालमा पनि फाउन्डेसनले टेलि आइसियु सेवा दिइरहेको छ ।