यूनाइटेड इन्स्योरेन्स एक अर्ब क्लबमा प्रवेश «

यूनाइटेड इन्स्योरेन्स एक अर्ब क्लबमा प्रवेश

यूनाइटेड इन्स्योरेन्स कम्पनीले एक अर्बभन्दा बढी बिमाशुल्क आर्जन गरेको छ । कोभिडको महामारीको विषम परिस्थितिमा समेत कम्पनीले आफ्नो आर्जनलाई बढाएर एक अर्ब क्लबमा प्रवेश गरेको छ ।
कम्पनीको सञ्चालक समितिका अध्यक्ष रविभक्त श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको नेतृत्वकोे पहिलो वर्षमै व्यवस्थापनलगायत कर्मचारीको सामूहिक प्रयासबाट अघिल्लो आर्थिक वर्षमा ६९ करोड रुपैयाँ बिमा शुल्क आर्जनको तुलनामा यस आर्थिक वर्षको बिमा शुल्क आर्जनमा उल्लेखनीय वृद्धि हासिल भएको हो ।
कम्पनीकोे सेवामा गरेको निरन्तर गुणस्तरिय विस्तार, शाखा विस्तार, डिजिटलाइजेसनको प्रयोग, नयाँ बजार प्रवद्र्धन रणनीति, संगठनात्मक संरचनामा सुधार जस्ता क्रियाकलापमार्फत यो सफलता हासिल गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्