केएल टावरको दसैं–तिहार उपहार योजनाकाे उपहार वितरण «

केएल टावरको दसैं–तिहार उपहार योजनाकाे उपहार वितरण

चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले विजयदशमी तथा दीपावलीको अवसर पारेर असोज १९ गतेदेखि सञ्चालन गरेको रमाइलो दसैं–तिहार योजनाको उपहार वितरण गरेको छ । उक्त योजनाको बम्पर पुरस्कार टिभीएसको अपाचीआरटीआर मोटरसाइकल दिव्यन्त ढुंगानाले पाएका छन् ।
बुधबार केएल टावरले एक कार्यक्रमको आयोजना गरी बम्पर उपहारलगायतका पुरस्कार वितरण गरेको हो । त्यस्तै सम्पूर्ण कोइरालाले टीभीएसको जुपिटर क्लासिक स्कुटर पाएका छन भने पदम कार्कीले टीभीएसकै बिगो स्कुटर जितेका छन् । यसैगरी संगीता भुजेलले बैंकको ट्रिपको उपहार प्राप्त गरेका छन् ।
रमाइलो दसंै–तिहार योजनाअन्तर्गत कम्पनीले मेला अवधिमा नै दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, स्मार्टफोनलगायत छन् भने साप्ताहिक रूपमा मलले टीसीएल र गोदरेज ब्रान्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिजलगायतका घरायसी सामान उपलब्ध गराएको थियो ।
गत असोज १९ गतेदेखि सुरु भएको रमाइलो दसैं–तिहार योजना कात्तिक ३० गतेसम्म सञ्चालन भएको थियो । राजधानीको चाबहिलस्थित केएल टावरमा ५० बढी पसल छन् । मोबाइल हब, डिपार्टमेन्ट स्टोर, सर्टिङ–सुटिङ, रेडिमेट गार्मेन्ट्स, लत्ताकपडा, जुत्ता, सिनेमा हल, फुटकोर्ट, खेल स्थान, बैंक, ट्राभल एजेन्सीलगायत सबैखाले सेवा–सुविधाहरू एकै छानामुनि उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्