लक्ष्मी बैंक र माउण्ट रसुवा हाइड्रोपावरबीच कर्जा सम्झौता «

लक्ष्मी बैंक र माउण्ट रसुवा हाइड्रोपावरबीच कर्जा सम्झौता

लक्ष्मी बैंक र माउण्ट रसुवा हाइड्रोपावरबीच कर्जा सुविधा सम्बन्धी सम्झौता भएको छ ।
बुधबार बैंक र कम्पनीबीच कर्जा सम्झौता भएको हो । बैकले आयोजना लागतको ७० प्रतिशत रकम उपलब्ध गराउने छ । बाँकी ३० प्रतिशत कम्पनीको लगानी रहनेछ ।
कम्पनीले लमजुङको कव्होलासोथार र मस्र्याङदी गाँउपालिकाहरुमा अवस्थित मिदिम खोलामा १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत् आयोजना निर्माण गर्ने छ । आयोजनाको निर्माण लागत २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ रहेको छ ।
कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्बन्धि सम्झौता २०७५ साल माघ ७ गते भएको छ । उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट २०७७ साल कात्तिक ३ गते विद्युत् उत्पादन अनुमति प्राप्त गरेको छ । कम्पनीलाई रसुवा कन्स्ट्रकशनलगायत अन्य व्यक्तिहरुले प्रवद्र्धन गरेका छन् ।
उत्पादन क्षमता १३.४२४ मेगावाट रहेको माउण्ट रसुवा हाइड्रोपावरले झण्डै ८३.१७ गेगावाटआवर विद्युत् वार्षिक रुपमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । यो आयोजना सन् २०२३ जुलाई २० मा सञ्चालनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्