एनआईसी एशिया बैंकद्वारा घातक रोगको बिमा दावी भुक्तानी «

एनआईसी एशिया बैंकद्वारा घातक रोगको बिमा दावी भुक्तानी

एनआईसी एशिया बैंकले ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार बापत १० लाख रुपैयाँ बिमा रकम भुक्तानी गरेको छ ।
बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका गजेन्द्रविक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको हो । कटुवाललाई बैंकको प्रदेश १ का डेपुटी पिएइ प्रकाशचन्द्र अधिकारीले चेक हस्तान्तरण गरे । उक्त बिमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरिएको छ ।
बैंकको बिमा सुविधाबाट प्राप्त रकमले अप्ठ्यारोको बेला ठूलो राहत पुगेको कटुवालले बताए । बैंकको बिमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४८५ जना भन्दा बढी ग्राहकले बिमा वापतको ३ करोड २० लाख रूपैयाँभन्दा बढी रकम प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।
बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् सेवा दिइरहेको छ ।
बैंकले गत आर्थिक वर्षमा करिब २ अर्ब ६५ करोड भन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरेको जनाएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी बैंकले सेवा सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्