महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग «

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि एक लाख पचहत्तर हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
बुधबार रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष तथा रोटरी डिस्ट्रिक ३२९२ रिजन २१ का एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ताको प्रमुख आतिथ्यतामा बेलहिया माध्यामिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको हो । उक्त कार्यक्रमका बीच बैंकको भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यलाई एक लाख ७५ हजार रकमको चेक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्