एप्पलको बिक्री घट्यो «

एप्पलको बिक्री घट्यो

प्रविधि क्षेत्रको सर्वाधिक ठूलो कम्पनीमध्येको एक एप्पलको बिक्रीमा गिरावट आएको छ । बिक्रीमा आएको गिरावटबारे एप्पल कम्पनीका प्रमुख कार्यकारी टिम कुकले बताएका छन् ।
उनले जनाएअनुसार अहिले धेरै मानिसहरूले पुरानो आइफोनको ब्याट्रीमा सामान्य परिवर्तनको माग गरेकाले एप्पलको उत्पादनमा कमी आएको हो । उपभोक्ताले नयाँ मोडललाई अपडेट गरेको विषयलाई ध्यान दिन नसकेको उनको भनाइ थियो । यसबाट कम्पनीको बिक्री घटेको हो ।
लगानीकर्ताहरूले सोधेको प्रश्नको जवाफमा कूकले कम्पनीलाई ९ अर्ब अमेरिकी डलर बराबरको घाटा हुने खुलासा गरेका छन् । आइफोनको माग बजारमा घटेकाले यो घाटा हुने उनले अनुमान गरेका हुन् । साथै उपभोक्ताले ब्याट्रीलाई बदल्ने रूचि बढी देखाएको सो जवाफमा उल्लेख गरिएको छ । आइफोनको नयाँ मोडलको मूल्य १४४९ अमेरिकी डलर सम्म बढेको थियो । गत वर्ष एप्पलले ब्याट्री फेर्ने कार्यक्रम ल्याएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्