डिजिटल बैंकिङ प्रवद्र्धन गर्दै माछापुच्छ्रे बैंक «

डिजिटल बैंकिङ प्रवद्र्धन गर्दै माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्न नयाँ अभ्यास थालेको छ । बैंकले आफ्ना सेवाहरुको प्रवद्धर्न गर्न ‘वेब सिरिज’ को सुरुवात गरेको छ । आम नागरिकलाई क्रेडिट कार्डको बारेमा जानकारी गराउने उद्देश्यले जनचेतना मुलक भिडियो सामग्री ‘स्मार्ट माया’ को वेब सिरिज निर्माण गरिएको बैंकले जनाएको छ ।
बैंकले पहिलो ‘वेब सिरिज’को तेस्रो एपिसोड सार्वजनिक गरिसकेको छ । पहिलो सिरिजमा कुल ५ वटा एपिसोड रहेको मनोरञ्जनात्मक भिडियोमार्फत क्रेडिट कार्डको बारेमा जानकारी गराइएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्