नेपाल बंगलादेश बैंकबाट बंगलादेशको आईएफआईसी बैंक बाहिरिने «

नेपाल बंगलादेश बैंकबाट बंगलादेशको आईएफआईसी बैंक बाहिरिने

नेपाल बंगलादेश बैंकको विदेशी साझेदार बंगलादेशको आईएफआईसी बैंक बाहिरिने भएको छ । आईएफआईसी बैंकले नेपाल बंगलादेशमा रहेको आफ्नै सबै सेयर स्वामित्व बेचेर बाहिरिन लागेको हो ।
आईएफआईसी बैंकको नेपाल बंगलादेश बैंकमा ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर रहेको छ । आईएफआईसी बैंकले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट कुनै बोनस सेयर आउने भएमा सो समेत बिक्री गर्न जनाएको छ ।
उक्त सेयर खरिद गर्नको लागि पहिलो हक बैंकका संस्थापक सेयरधनी हुने भएकोले उक्त सेयर बिक्रीको लागि ३५ दिने सूचना प्रकाशित गर्ने तयारी भइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्