डीएम फाउन्डेसनले शैक्षिक छात्रवृत्तिमा सहकार्य गर्ने «

डीएम फाउन्डेसनले शैक्षिक छात्रवृत्तिमा सहकार्य गर्ने

डीएम फाउन्डेसनले बालबालिकाको शैक्षिक छात्रवृत्ति कार्यक्रम गर्न पूर्व मिस नेपालहरुको सामाजिक संस्था एफएमएनडब्ल्यूसँग सहकार्य गरेको छ । यो छात्रवृत्तिले कोरोना महामारीले बुबाआमा गुमाएका बालबालिकाको शैक्षिक खर्चमा रकम जुटाउन मद्दत गर्दछ ।
छात्रवृत्ति कार्यक्रम कुनै पनि व्यक्ति वा संगठनको चन्दा लिने जनाएको छ । यो रकम आधिकारिक वेबसाइटमा सूचीवद्ध सेलपे, फोनेपे र ई–सेवाको क्यूआर कोड स्क्यान गरेर पनि पठाउन सकिन्छ । योग्य हुनको लागि, विद्यार्थीले कोरोनामा एक वाद ुवै अभिभावक गुमाएको हुनु पर्दछ ।
यो फाउन्डेशनले २०७० सालको भूकम्पको समयमा राहत वितरणको कार्यक्रमहरू सुरु गरेको थियो । त्यस बेलादेखि प्राकृतिक प्रकोपमा योगदान पु¥याउँदै आएको छ । एफएमएनडब्ल्यू छात्रवृत्ति एक राष्ट्रिय परियोजना हो ।

प्रतिक्रिया दिनुहोस्