अनरका चार स्मार्टफोन नेपालमा «

अनरका चार स्मार्टफोन नेपालमा

चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनीको सहायक मोबाइल ब्रान्ड हनरका नयाँ स्मार्टफोनहरु नेपाली बजारमा भित्रिएका छन् । कम्पनीले हनर ब्रान्डका चार वटा स्मार्टफोन भित्र्याउँदै औपचारिक रुपमा नेपालमा अनरको बिक्री सुरु गरेको प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ ।
क्रातोस टेक्नोलोजीले नेपाली बजारमा अनर सेभेन ए, अनर सेभेन एस, अनर प्ले र अनर एट एक्स मोडल नेपालमा सार्वजनिक गरेको छ । नेपालका लागि अनर ब्रान्डको आधिकारिक बितरक क्रातोस टेक्नोलोजी प्रालिले गर्ने गरि जिम्मा पाएको छ । डिजिटल युगको आवश्यकता बमोजिमको अनर यसको मूल्य र कार्य दक्षता दुवैको अनुपातमा सटिक रुपमा सन्तुलित ब्राण्ड बन्दै बजारमा उपस्थिति जनाएको कम्पनीले बताएको छ ।
सार्वजनिक गरिएका स्मार्टफोनहरुको मूल्य करिव १५ हजार रुपैयाँदेखि ४९ हजार रुपैयाँ पर्नेछन् । हनर ब्रान्डका चार स्मार्टफोन बजेटदेखि मिडरेन्ज सम्मका छन् । २०१८ को सेप्टेम्बरमा विश्व बजारमा सार्वजनिक गरिएको हनर एट एक्स ६ जीवी ¥याम, ६४ र १२८ जीवी स्टोरोज भएको स्मार्टफोन हो । यो स्मार्टफोनमा २० मेगापिक्सेलको मुख्य २ मेगापिक्सेलको डेप्थ सेन्सर भएको डिउल रियर क्यामरा रहको छ भने १६ मेगापिक्सेलको वाइड सेल्फी क्यामरा छ । दुवै क्यामरामा एचडिआर फिचर छन् । ३७५० एमएएच ब्याट्रि, ६.५ इन्चको नोच स्क्रीन,१०८० बाइ २३४० पिक्सेलको १९ः५ः९ स्क्रीन रेसियो रिज्योलुसन, एन्ड्रोइड ८.१ अपरेटिङ सिस्टम, किरिन ७१० चिपसेट लगाएत यसका अन्य विशेषता हुन् ।

 

प्रतिक्रिया दिनुहोस्