मन्त्रालयमा बस्ने कोठा नपाएको मन्त्रीको गुनासो «

मन्त्रालयमा बस्ने कोठा नपाएको मन्त्रीको गुनासो


प्रदेश सरकारका नवनियुक्त खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्मालाई वीरगन्जमासम्मान गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ र वीरगन्ज उद्योग वाणिज्य संघले मन्त्री शर्माको सम्मानमा आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रको नेतृत्व गर्ने उद्योगी व्यवसायीहरुले आफ्ना समस्याहरुको बारेमा मन्त्रीलाई सुनाए ।
मन्त्री शर्मा पनि वीरगन्ज उद्योग वाणिज्य संघकै नेतृत्व गरिसकेका र पूर्व संघका पूर्व अध्यक्ष र वर्तमा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष गणेश लाठकासमेत दौंतरी भएकालेले अध्यक्ष लाठले मन्त्री शर्मासँग प्रदेशभरीका उद्योगी व्यवसायीहरुको समस्या र गुनासोहरु सुनाउँदै समाधानको लागि पहल गर्न आग्रह गरे ।
पूर्व अध्यक्ष अशोक टेमानीको पनि मन्त्री शर्मा बालसाखादेखिको मित्र भएको नाताले उनीसँग आफ्ना व्यावसायिक समस्याहरुमा जानकारी रहेकोले समाधान गर्न अनुरोध गरे । अधिकांश उद्योगी व्यवसायीहरुले निजी क्षेत्रको नेतृत्व गरिसकेका व्यक्ति नीति निर्माणको कार्यान्वयन गर्ने तहमा पुग्दा समस्याको सम्बोधन हुनेमा आशावादी हुँदै आ–आफ्ना समस्या राखे ।
तर, प्रदेश सरकारका खानेपानी तथा उर्जामन्त्री शर्माले भने उल्टै आफ्नो पीडा सुनाउँदै योजनाको बारेमा पनि जानकारी गराए । मन्त्री शर्माले राजनीतिक परिवेशको फरक परिस्थितिमा आपूm मन्त्री भएकाले अहिलेसम्म मन्त्रालयका लागि कोठासमेत नपाएको पीडा पोखे । उनले आपूm अर्कै मन्त्रालयको कोठा र भाडाको गाडी चढेर हिँडिरहेको बताए ।
मन्त्रालय टुत्र्mयाएर मन्त्री बनाइएकोले कार्यालयदेखि कर्मचारीहरुको समेत अभाव रहेकोले काम गर्ने चुनौती भएपनि आपूmले हरेस भने नखाने बताए । उनले आपूm निजी क्षेत्रको नेतृत्वमा रहँदा पनि नरहँदा पनि निजी क्षेत्रको विषयमा बारम्बार विभिन्न मुद्दाहरुमा आवाज उठाउँदै आएको र केही हदसम्म सफल पनि भएकोले निजी क्षेत्रको समस्या सम्बोधन गर्ने प्रयास गर्ने बताए ।
आफ्नो मन्त्रालयमा ३५ करोडको मात्रै बजेट रहेकाले त्यसलाई प्रथामिकतामा राखेर मुख्य तीनवटा योजना अघि सारेको बताए । उनले कांग्रेसका पूराना नेता आत्माराम ओझाको सम्मानमा प्रदेश–२ का आठवटै जिल्लामा ओभरहेड ट्यांकी निर्माण गरी ‘नवजल परियोजना’ ल्याइने बताए । त्यस्तै वैकल्पिक उर्जाको माध्यमबाट आत्माराम ओझा उज्यालो अभियान र दुखा सहनी स्वच्छता अभियानअन्तर्गत स्वच्छ पिउने पानीको पहुँचमा काम गर्ने योजना रहेको बताए ।
प्रदेश सरकारले खरिद गरेको यात्रुवाहक बस र वारुणयन्त्र प्रदेशमा प्रयोग विहीन अवस्थामा रहेकोले औद्योगिक करिडोरमा दुईवटा वारुणयन्त्र र सिमरा विमानस्थलबाट वीरगन्जसम्म उद्योगी व्यवसायीहरुको लागि सहज यातायात पहुँचको लागि बस सञ्चालन गर्न सकिने बताए । मन्त्री शर्माले रक्सौलमा आन्तरिक हवाई सेवा र सिमराबाट प्रादेशिक विमानस्थलमा पनि आफ्नो चासो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्