ठगिएका श्रमिकलाई ८० करोड क्षतिपूर्ति «

ठगिएका श्रमिकलाई ८० करोड क्षतिपूर्ति


वैदेशिक रोजगारका क्रममा ठगीमा परेर उजुरी दिएका मध्ये निःशुल्क कानुनी सहायता पाउने श्रमिकले ८० करोड ६९ लाख ३३ हजार ८८० रुपैयाँ बराबर क्षतिपूर्ति पाउने भएका छन् ।
सरकारको सुरक्षित आप्रवासन परियोजना अन्र्तगत पिपुल फोरमले निःशुल्क कानुनी सहायता प्रदान गरी सो रकम बराबरको क्षतिपूर्ति दिलाएको हो । पिपुल फोरमले निःशुल्क कानुनी सहायता कार्यक्रम अन्र्तगत हालसम्म २१ हजार ३३६ आप्रवासी कामदारहरू र उनीहरूका परिवारलाई कानुनी सहायता सेवा प्राप्त गर्नमा सहजिकरण गरेको जनाएको छ ।
फोरमले मगलबार आयोजना गरेको अन्तक्रियामा अधिवक्ता सोम लुइँटेलले पछिल्लो समय ठगी गर्ने शैली परिवर्तन भएका कारण न्याय दिन चुनौती थपिएको बताए । उनले चालु आर्थिक वर्षमा ७७ जिल्लाका पीडित २ हजार ३२१ श्रमिकले निःशुल्क कानुनी सेवा लिएको बताए ।
परियोजना अन्र्तगत फोरमले आप्रवासी श्रमिकको न्यायमा पहुँच वृद्धि गर्न वैदेशिक पीडित र उनीहरूका परिवारहरुलाई कानुनी सहायता तथा परामर्श सेवा प्रदान गर्दै आएको छ । संस्थाले आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, न्यायाधिकरण तथा वैदेशिक रोजगार बोर्ड, गैरसरकारी संस्था, इजाजत प्राप्त मेनपावर कम्पनीको सहकार्यमा क्षतिपूर्तिका लागि निःशुल्क कानुनी सेवा दिँदै आएको छ ।
अधिवत्ता सुदिप देवकोटाले वैदेशिक रोजगारीका क्रममा संस्थागत र व्यक्तिगत ठगीका उजुरी लगभग बराबरको बताए । वैदेशिक रोजगारीका क्रममा उद्धारका लागि भन्दै ११८ मुद्दा दर्ता भएको छ भने पासपोर्ट जफतका २६, ठगि ८५५ मुद्दा रहेका छन् । यसैगरी श्रम गन्तव्यमा काम अनुसार सेवा सुविधिा नपाएको जनाउँदै दिएको उजुरी मध्ये २३७ मुद्दा दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्