यस्ता हुनेछन् २०१९ का ‘टेक ट्रेन्ड’ «

यस्ता हुनेछन् २०१९ का ‘टेक ट्रेन्ड’

२१औं शताब्दीका सूचना प्रविधि क्षेत्रका कामदारहरूले सिकाइलाई निरन्तरता दिइरहेका छन् । यसो नगर्दा कामबाट बाहिरिनुपर्ने अवस्था आउन सक्ने देखिएकाले उनीहरूले आफूलाई ‘अपडेट’ गरिरहेका छन् । साथै उनीहरूले विद्यमान अवस्थामा गरिरहेको कामका लागि प्रयोग गरिरहने सीपको आवश्यकता नहुन सक्ने भएकाले पनि उनीहरूलाई ‘अपडेट’ गर्नुपरेको हो ।

सूचना प्रविधि (आईटी) क्षेत्रमा रूचि राख्नेहरूबीच सन् २०१९ मा प्रविधिको कस्तो प्रवृत्ति (ट्रेन्ड) देखा पार्ने हो, त्यसबारे जिज्ञासा बढेको पाइन्छ । प्रविधि क्षेत्रको विकासले अहिले सबै क्षेत्रलाई त्यही अनुपातमा परिवर्तन र प्रगति ल्याइरहेको छ । झन् यसको परिवर्तन तीव्र रूपमा भइरहेको छ ।
२१औं शताब्दीका सूचना प्रविधि क्षेत्रका कामदारहरूले सिकाइलाई निरन्तरता दिइरहेका छन् । यसो नगर्दा कामबाट बाहिरिनुपर्ने अवस्था आउन सक्ने देखिएकाले उनीहरूले आफूलाई ‘अपडेट’ गरिरहेका छन् । साथै उनीहरूले विद्यमान अवस्थामा गरिरहेको कामका लागि प्रयोग गरिरहने सीपको आवश्यकता नहुन सक्ने भएकाले पनि उनीहरूलाई ‘अपडेट’ गर्नुपरेको हो ।
त्यसो भए तपाईंका लागि यी ‘टेक ट्रेन्ड’को अर्थ भनेको तपाईंलाई भविष्यमा कुन सीप सिक्दा रोजगार पाउन सक्षम बनाउन जानकारी पाउनु हो । यस सन्दर्भमा सन् २०१९ मा ८ प्रमुख ट्रेन्डले वर्चस्व जमाउने देखिएको छ ।
पहिलो भनेको एआई प्रविधि हो । यसलाई कृत्रिम बौद्धिकता (आर्टिफिसल इन्टेलिजेन्स) भनेर पनि बुझिन्छ । बितेका पछिल्ला वर्षहरूमा एआईले विशेष रूपमा ध्यान तान्दै आएको छ । अझ यसले ध्यान तान्ने देखिन्छ । एआईले मानिसहरूको बौद्धिकताले दर्शाउने व्यवहारलाई बुझ्ने किसिमको कम्प्युटर प्रणालीको विकास गर्नुपर्ने आवश्यकता औंल्याएको छ । मानिसको फोटो पहिचान गर्नु, बोली पहिचान गर्नु र अन्य निर्णय गर्ने विधि पहिचान गर्ने काम एआई प्रविधिको विकासका लागि अझ आवश्यक रहेको छ ।
सन् १९५६ देखि एआईको प्रयोग फराकिलो हुँदै आएको छ । ६ जना अमेरिकीमध्ये ५ जनाले यो वा त्यो रूपको एआई सेवाको उपयोग दैनिक गरिरहेका छन् । यसरी उनीहरूले एआईको प्रयोग गर्ने काममा एप्पको नेभिगेसन, स्टिमिङ, समार्टफोन पर्सनल असिस्टयान्ट, राइडिङ सेयरिङ एप, होम पर्सनल असिस्टयान्ट एन्ड स्मार्ट होम डिभाइसको प्रयोगहरू रहेका छन् ।
यसका अतिरिक्त व्यावसायिक क्षेत्रमा जोखिमको पहिचान र त्यसको व्यवस्थापनको पूर्वानुमान, ऊर्जा क्षमतामा सुधार र अन्य विधिबाट धनको बचत गराउने विधिमा एआईको प्रयोग भइआएको छ । एआईको अर्को अर्थ स्वचालन (अटोमेसन) पनि हो । यसबाट रोजगार गुम्ने खतरा पनि त्यतिकै छ । विज्ञहरूका अनुसार अटोमेसनले सन् २०३० सम्म ७ करोड ३० लाख भन्दा बढी रोजगार समाप्त पार्नेछ । अटोमेसनले रोजगार सिर्जना गर्ने दाबी विज्ञहरूबाट नभएको भने होइन ।
दोस्रो देखिने ट्रेन्ड मेसिन लर्निङ हो । मेसिन लार्निङ एआईकै विषय हो । मेसिन लर्निङ एआईको विकासका लागि आवश्यक विषय हो । यसले ठूला ठूला डेटालाई प्रशोधन गर्ने, त्यसको सुपरिवेक्षण गर्ने जस्ता काम गर्न मेसिनलाई सक्षम बनाउँछ । मेसिन लर्निङको क्षेत्रमा महत्वपूर्ण विषय न्यूरल नेटवर्क, न्याचरल ल्यांग्विज प्रोसेसिङ र डिप लर्निङका विषय हुन् । यी क्षेत्रमा क्यारियर बनाउने सम्भावना व्यापक रहेको देखिन्छ ।
मेसिन लर्निङ सबै क्षेत्रका उद्योगहरूका लागि द्रुत गतिमा आवश्यक भइरहेको छ । मेसिन लर्निङको बजार सन् २०२२ सम्म ८.८१ अर्ब अमेरिकी डलर बराबरको हुने अपेक्षा गरिएको छ । मेसिन लर्निङको क्षेत्रमा रोजगारको वृद्धि तीव्र भइरहेको छ । सन् २०१७ मा मेसिन लर्निङ इन्जिनियरको औसत तलब १०६,२२५ अमेरिकी डलर बराबर रहेको थियो ।
तेस्रो टेक ट्रेन्डमा रोबोटिक प्रोसेस अटोमेसन वा आरपीए हो । आरपीए व्यवसायको प्रक्रियामा प्रयोग हुने अटोमेसन सफ्टवेयरको प्रयोग हो । मानिसहरूले पटक पटक गर्ने कामलाई सहज बनाउन आरपीएको प्रयोग एआई र मेसिन लर्निङजस्तै भइरहेको छ । मानिसहरूले गर्ने कामहरूको ४५ प्रतिशतसम्म काम यसको प्रयोगबाट हट्ने छ । यसमा वित्तीय प्रबन्धक, डाक्टर र प्रमुख कार्यकारीका कामहरू समेत यो अटोमेसनमा परेका छन् ।
फरेस्टर रिसर्चले आरपीए अटोमेसनका बारेमा गरेको अनुमानअनुसार २ करोड ३० लाखभन्दा बढी रोजगार गुम्नेछ । यो भनेको विश्व श्रमशक्तिको ९ प्रतिशत हो । तर यसबाट नयाँ रोजगार सिर्जना हुने दाबी पनि गरिएको छ । यस क्षेत्रमा पनि काम गर्ने अवसर रहेका छन् । आरपीए क्षेत्रका कामदारको ७३,८६१ अमेरिकी डलर औसत तलब रहेको सिम्पली हायर्ड डटकमले जनाएको छ ।
चौथो ट्रेन्ड ब्लकचेनको हो । यो ब्लकचेन टेक्नोलोजी क्रिप्टोकरेन्सीको लागि रहेको छ । यो भनेको प्रविधि मुद्राको प्रयोग वा बिटकनको प्रयोगसँग सम्बन्धित टेक हो । यो ब्लकचेन टेकले विश्वव्यापी रूपमा आपूर्ति शृंखलालाई प्रभावित गर्नेछ । ब्लकचेनसँग सम्बन्धित रोजगार वृद्धि भइरहेको छ । ब्लकचेनको क्षेत्रमा काम गर्नेहरूको औसत तलब वार्षिक १३०,००० अमेरिकी डलर रहेको छ ।
पाँचौं ट्रेन्डको रूपमा एज कम्प्युटिङ रहेको छ । क्लाउड कप्युटिङको क्षेत्रमा यो एज कम्प्युटिङ विकसित भएर आएको छ । सन् २०२२सम्म एज कम्प्युटिङको बजार ६.७२ अर्ब अमेरिकी डलर बराबरको पुग्ने अपेक्षा गरिएको छ । यस क्षेत्रमा रोजगारको सम्भावना बढेर गएको छ ।
छैटौं ट्रेन्डको रूपमा भर्चुअल रियालिटी र अगमेन्टिेड रियालिटी हो । यसलाई संक्षिप्तमा भीआर र एआरले पनि टेक क्षेत्रमा बुझिने गरिन्छ । यसको प्रयोग खेलकुदको क्षेत्रमा विशेष प्रयोग भइआएको देखिएको छ । यसको प्रयोग तालिम दिन प्रयोग गरिन्छ । अमेरिकी सेनाहरूलाई यसको प्रयोग गरी तालिम दिने गरिएको छ ।
सातौं ट्रेन्डको रूपमा साइबर सेक्युरिटीलाई लिन सकिन्छ । विश्वव्यापी रूपमा साइबर सेक्युरिटी ट्रेन्डको रूपमा उदीयमान प्रविधिको रूपमा नदेखिए पनि यसको विकास भइरहेको छ । प्रविधि क्षेत्रमा ह्याकरको खतरा नयाँ चुनौती भएर आइरहेको छ । अवैध तरिकाले ह्याकरहरूले डेटा चोर्ने गरेका छन् । यसका लागि साइबर सेक्युरिटीको आवश्यकतालाई बढाइरहेको छ । साइबर सेक्युरिटीको बजारमा सन् २०२१ सम्म ३५ लाख रोजगार उपलब्ध हुने पूर्वानुमान गरिएको छ । यस क्षेत्रका कामदारहरूले ६ अंकको आम्दानी औसत रूपमा गरिरहेका छन् ।
आठौं ट्रेन्ट इन्टरनेटसँग सम्बन्धित रहनेछ । स्मार्टफोनको प्रयोग विस्तारले इन्टरनेटमा आधारित वस्तुको प्रयोगलाई विस्तार गराउनेछ । वाइफाइ जस्ता प्रविधिको कनेक्टिभिटीका लागि चाहिने उपकरण यसमा पर्छन् । यसको बजारमा पनि व्यापक हुँदै जानेछ । सन् २०१७ मा इन्टरनेटसँग सम्बनिधत बजारमा ८.४ अर्ब डिभाइसहरूको संख्या पुग्यो भने यो सन् २०२० मा ३० अर्ब पुग्ने छ । यो क्षेत्रमा पनि रोजगारको विस्तार हुने अपेक्षा गरिएको छ । यो क्षेत्रमा आवश्यक सिपयुक्त इन्जिनियरहरूको अभाव २५.७ प्रतिशतले हुने अनुमान गरिएको छ । कम्प्युटर क्षेत्रमा रोजगारी सुरक्षित गर्नेहरूले यस्तो बजारबारे गरिएको अध्ययनलाई ध्यान दिनुपर्ने आवश्यकता रहेको छ । नीति निर्माताहरूले यस्ता टेक ट्रेन्डलाई ध्यान दिएर त्यस अनुरूपको श्रमशक्तिको निर्माणमा योजना बुन्नु आवश्यक छ ।
(एजेन्सीको सहयोगमा)

 

प्रतिक्रिया दिनुहोस्