गोरखापत्रको सल्लाहकार सम्पादकमा खनाल «

गोरखापत्रको सल्लाहकार सम्पादकमा खनाल

गोरखापत्र संस्थानको सल्लाहकार सम्पादकमा गोपाल खनाललाई नियुक्ति गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही पुसमा महिनामा बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई नियुक्त गरेको जानकारी गराए । पाँचथरको थाक्लेमा जन्मिएका खनालले परराष्ट्र र वैदेशिक मामिलाका जानकारी राख्छन् ।
पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला परराष्ट्र मामिला विज्ञका नियुक्त भएका उनले नेपाल र भारतबीचको सम्बन्धलाई लिएर ‘भू–राजनीति’ पुस्तकसमेत प्रकाशन गरेका छन् । सगरमाथा दैनिक पत्रिकाबाट पत्रकारिता आरम्भ गरेका खनालले रेडियो नेपाल, कान्तिपुर दैनिकको सहायक सम्पादकका रुपमा समेत काम गरिसकेका छन् ।
अंग्रे्रेजी, पत्रकारिता र राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका खनाल हाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा विद्यावारिधि गर्दैछन् । नवनियुक्त सल्लाहार सम्पादक खनालले गोरखापत्रलाई थप पठनीय र गोरखापत्रको गौरवपूर्ण इतिहासलाई थप अझ मजबुद बनाउन पहल गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्